सेयर बजारमा हरियाली, ६ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा हरियाली, ६ अर्बभन्दा बढीको कारोबार


कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा हरियाली छाएको छ । 

साताको अन्तिम कारोबार दिन पनि सामान्य अंकले बढेको नेप्से परिसूचक आइतबार ६२ दशमलव २१ अंकले बढेर २ हजार ११७ दशमलव ७३ विन्दूमा पुगेको छ । आइतबार २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार किक्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको हो । 

कारोबारमा आएका १८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे सेयरमूल्य घटेको छ भने चार वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।   
आइतबार ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्म सर्किट लागेका छ । 

कारोबार रकमको आधारमा सबैभन्दा बढि शिवम् सिमेन्टको ४९ करोड ९० लाख रुपैयाँ बराबरमा सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

Logo