साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दै

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दै


भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित  कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।समूह 'ए' मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

Logo