कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैनः अध्यक्ष ओली

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैनः अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । 

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् । उनले भने, “कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।” 

पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उनले बताए ।
 
असार १५ असारमा धान दिवस मनाउन आएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, “राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।” यहाँको जमिन उर्वर भएको भन्दै उनले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए । 

Logo