गायक तामाङको अन्तिम बिदाइ

गायक तामाङको अन्तिम बिदाइ


गायक तथा कलाकार राेविन तामाङको अन्तिम बिदाइ गरिएकाे छ। अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनकाे पार्थिव  शरीर सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिएको थियो। 

तमाङकाे अन्तिम बिदाइमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए।

अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा कलाकारहरूको उपस्थिति रहेको थियो। श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ। गायक तामाङको गत मंगलबार निधन भएको थियो। 

Logo