चन्दा नदिएपछि सिनामंगलमा बम राखेको खुलासा

चन्दा नदिएपछि सिनामंगलमा बम राखेको खुलासा


काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

चन्दा नदिएपछि उक्त शंकास्पद वस्तु राखिएको पाइएको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चामा उल्लेख गरिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’ 

खोटाङ हलेसी ज्वलेर्सका सञ्चालक मने विश्वकर्मा पनि ५ लाख नदिए बम राख्छु भनेर आज मात्रै पटकपटक धम्की आएको बताउँछन् । सटरमा टाँसिएको पर्चामा संयोजक सफल लेखिएको पाइए पनि शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन ।

हाल शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगिसकेको छ । 

Logo