आयोजक न्युजिल्यान्ड विश्वकपकाे समूहचरणबाटै बाहिरियाे

आयोजक न्युजिल्यान्ड विश्वकपकाे समूहचरणबाटै बाहिरियाे


आयोजक न्युजिल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’को समूहगत चरणबाटै बाहिरिएको छ । 

आइतबार भएको समूहको तेस्रो तथा अन्तिम खेलमा स्विजरल्याण्डसँग गोलरहित बराबरीमा रोकिँदा न्युजिल्यान्ड बाहिरिएको हो । उक्त नतिजापछि न्युजिल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । समूह ‘ए’ बाट न्युजिल्यान्डको अनुपस्थितिमा स्विजरल्याण्ड र नर्वे अन्तिम १६ मा पुगे । 

तेस्राे स्थानमा रहेकाे न्युजिल्यान्डले चार अंक जोडेको छ । पहिलाे खेलमा  नर्वेमाथि जित निकालेकाे न्युजिल्यान्डले दाेस्राे खेलमा फिलिपिन्ससँग पराजित हुन पुगेकाे थियाे । आज समूहकै अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० ले हराएकाे थियाे, जुन फिलिपिन्सकाे फराकिलाे हार न्युजिल्यान्डलाई महंगाे बन्याे । 

Logo