रंगशाला निर्माणका लागि गरिएको महायज्ञमा ५६ करोडको सहयोग घोषणा (भिडियोसहित)

चितवन ।

चितवनमा निर्माणधिन अन्तराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला सहयोगार्थ धान्याचल महायज्ञमा बचन दिने मात्र धेरै तर थोरै रकम संकलन भएको छ । ५० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको महायज्ञबाट हिसाबमा ५६ करोड संकलन भएको घोषणा गरियो । तर, ती अधिकांश बोल्ने मात्रै थिए, नगद ६ करोड मात्रै संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले बताए ।

मूल आयोजक समितिको जानकारी अनुसार रंगशाला निर्माणका लागि नेपाल पोल्ट्री महासंघ, नेपाल एलपी ग्याँस उद्योग, ग्लोबल आइएमई बैंक, गैरआवासीय नेपालीहरुको संस्था चितवन सहयोग समाजले एक–एक करोड दान गरेका छन् ।

व्यवसायी वामदेव गौलीले एक करोडभन्दा बढी मूल्यको जमिन दान गरेका छन् । यी मुख्य सहयोग हुन् । गाउँ–गाउँ, टोल–टोलबाट नगदै उठेका छन् । सामाजिक संघसंस्थाहरुले पनि बुझाएका छन् । ती सबै जोड्दा ६ करोड रुपैयाँ हुन्छ । अरु भने बोलेका मात्र हुन् । तत्काल उठ्ने सम्भावना भएको रकम थप ३ करोड छ । अरु सबै उठ्न वर्षौं लाग्न सक्ने संभावना रहेको आयोजकले जनाएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचारहरु