ज्ञानेन्द्र मल्लकाे सन्याससँगै नेपाली क्रिकेटको एउटा स्वर्णिम पुस्ताको अन्त्य [भिडियाेसहित]

ज्ञानेन्द्र मल्लकाे सन्याससँगै नेपाली क्रिकेटको एउटा स्वर्णिम पुस्ताको अन्त्य [भिडियाेसहित]


राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले शुक्रबार क्रिकेट करिअरबाट सन्यास लिएका छन्। मल्लले शुक्रबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएका हुन्।

नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला एक्कासी ज्ञानेन्द्र मल्लले खेलाडीका रूपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्।

सन् २००६ मा इन्टरकन्टिनेन्टल कपबाट सिनियर टोलीमा ‘डेब्यू’ गरेका मल्लले १८ वर्षसम्म नियमित राष्ट्रिय टोलीका प्रमुख पात्रको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला एक्कासी ज्ञानेन्द्र मल्लले खेलाडीका रूपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्। 

मल्लले यू-१५, यू-१७, यू-१९ हुँदै २००६ मा नेपाली सिनियर क्रिकेट टोलीमा डेब्यु गरेका थिए। ३३ वर्षीय ज्ञानेन्द्रले आफ्नो खेलजीवनमा ३७ वटा एकदिवसीय खेल खेलेर ८७६ रन बनाएका छन्। जहाँ उनले सातवटा अर्धशतक प्रहार गरेका छन्।

नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने एक्लो नेपाली क्रिकेटर हुन् ज्ञानेन्द्र मल्ल ।

त्यस्तै उनले ४५ वटा टि–२० खेल्दै ८८३ रन जोडेका छन्। ज्ञानेन्द्रले सन् २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए। झण्डै दुई दशक नेपाली क्रिकेट टोलीबाट खेल्दा ज्ञानेन्द्रले थुप्रै उत्कृष्ट इनिङ खेलेका थिए। ज्ञानेन्द्रले नेपाली क्रिकेटमा बनाएका दुर्लभ पाँच कीर्तिमान यस प्रकार छन्। 

१. एकै ओभरमा लगातार ६ चौका प्रहार 
नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने एक्लो नेपाली क्रिकेटर हुन् ज्ञानेन्द्र मल्ल । ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध सन् २०१२ मा एसिसी ट्रफी इलिटमा दशौं ओभरमा नदिम जावेदलाई लगातार ६ चौका प्रहार गरेका थिए। उनी बाहेक अन्य कुनैपनि नेपाली ब्याट्म्यानले एकै ओभरमा ६ चौका प्रहार गरेका छैनन्।

त्यस्तै उनले ४५ वटा टि–२० खेल्दै ८८३ रन जोडेका छन्। ज्ञानेन्द्रले सन् २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए।

२. नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक
नेपाली क्रिकेट इतिहासमै कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् ज्ञानेन्द्र मल्ल ।

ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरेवियाविरुद्ध एसिसी इलिट ट्रफीमा १८ बलमै अर्धशतक बनाएका थिए। त्यसपछि ज्ञानेन्द्रले नै सन् २०१९ मा मलेसियाविरुद्ध टि–२० आईमा २० बलमै अर्धशतक पूरा गरेका थिए।

३. ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली
ओडिआई क्रिकेटमा पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी हुन् ज्ञानेन्द्र मल्ल। सन् २०१८ अगष्टमा नेपालले ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दा ज्ञानेन्द्रले नेदरल्यान्ड्सविरुद्ध ६१ बलमा ८ चौकासहित ५१ रनको इनिङ खेलेका थिए।

टि–२० आईमा भने पहिलो अर्धशतक प्रहार गर्ने ब्याटर सुवास खकुरेल हुन् । नेपाली क्रिकेट इतिहासमै पहिलो अर्धशतक भने खेलाडी भने पवन अग्रवाल हुन्। 

ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरेवियाविरुद्ध एसिसी इलिट ट्रफीमा १८ बलमै अर्धशतक बनाएका थिए।

४. टि-२० आईमा सर्वाधिक छिटो अर्धशतक
टि–२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याट्म्यान हुन् ज्ञानेन्द्र मल्ल। ज्ञानेन्द्रले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध सन् २०१९ मा २० बलमै अर्धशतक पूरा गरेका थिए।

त्यो कुनैपनि नेपाली ब्याटरले टि–२० आईमा बनाएको सर्वाधिक छिटो अर्धशतक हो। उक्त खेलमा ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रन बनाएका थिए। 

५. टि–२० आईमा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी
टि–२० आईमा नेपालबाट सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् ज्ञानेन्द्र मल्ल। नेपालले सन् २०१४ को टि–२० विश्वकपमा हङकङविरुद्ध डेब्यू गरेको थियो। ज्ञानेन्द्रले खेलको २०औँ ओभरको पहिलो बलमै हसिब आजादलाई छक्का प्रहार गर्दै उक्त कीर्तिमान बनाएका थिए।

त्यो नेपालबाट टि–२० आईमा प्रहार भएको पहिलो छक्का थियो। सो खेलमा ज्ञानेन्द्रले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ तथा पारस खड्काले ४१ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। सो खेल नेपालले ८० रनको जितेको थियो ।

Logo