मायमी क्वाटरफाइनलमा, मेस्सीको दुई फ्रिकिक गोल

मायमी क्वाटरफाइनलमा, मेस्सीको दुई फ्रिकिक गोल


लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एफसी डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएपछि डालासलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

मायमीले सुरुवाती अग्रता लिएपनि त्यसपछि भने डालास खेलमा फर्किएको थियो । ८३ औं मिनेटसम्म ४–२ ले अघि रहेपनि ५ मिनेटको अन्तरमा मेस्सीको लगातार दुई फ्रिकिकमा गोल निस्कँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा मायमीको सबै ५ प्रहार गोल हुँदा डालासका लागि दोस्रो प्रहारमा पाक्सटन पोमीकाल चुकेका थिए । मायमीका लागि मेस्सी, सर्जियो बुस्केट्स, लुइस काम्पाना, कमाल मिलर र क्रेमास्कीले गोल गरे । 

मायमीले अब क्वाटरफाइनलमा भोली हुने ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।

Logo