अल नासरको लगातार दोस्रो हार

अल नासरको लगातार दोस्रो हार


साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो हार व्यहोरेको छ। पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ।

शुक्रबार राति भएको दोस्रो चरणको खेलमा अल नासर अल तावोउनसँग पराजित भएको हो। नासर २-० गोल अन्तरले पराजित भएको हो। अल नासरले एक साता अगाडी मात्र अरब कपको उपाधि जितेको थियो।

Logo