#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31775398975457740593223394009
नेपाल666324291814248061

जन्मदिन मनाएको तस्वीर सार्वजनिक भएसँगै प्रधानमन्त्रीको चर्को आलोचना

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो जन्मथलो तेह्रथुम पुगेर जन्मदिन मनाए । विगतमा पनि यस्तै जन्मदिन मनाउँदै आएका प्रधानमन्त्रीको जन्मदिन नयाँ कुरा थिएन र कसैले यसको खासै विरोध गरेको पनि सुनिएको थिएन । बरु अघिल्लो दिनदेखी नै शुभकामना दिनेहरुको लर्को नै लागेको थियो ।

तर यसवर्ष उनले जुन रवाफ र राजसी ठाँटमा जन्मदिन मनाए, त्यसपछि भने सबैले यसको आलोचना गर्न थालेका छन् । अझ अनौठो कुरा त के थियो भने उनको जन्मदिनमा काटिएको केकमा नेपालको नक्सा बनाइएको थियो । १५ किलोको केक लिन हेलिकोप्टर नै चार्टर गरिएको थियो ।

४ वटा हेलिकोप्टरमा ठूलो संख्यामा दल बल र मन्त्री तथा उच्च सुरक्षाकर्मी लिएर तेह्रथुम पुगेका प्रधानमन्त्रीले यसअघि जुन राष्ट्रिवादी भनेर आफूलाई उपनाम भिराए , त्यसको अहिले चर्को आलोचना भएको छ । विशेषगरि केकमा देशको नक्सा राखेर काटेको विषयलाई लिएर सामाजिक संजालमा उनको आलोचना भएको हो ।

केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य समेत गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –
दुःखका साथ यो लेख्दैछु, जुन देशका जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन् । छोरा छोरी विदेशका विभिन्न ठाउँमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साटिराखेका छन् । पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो ? लाज लाग्दैन ?

प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुमको आठराई पुगेर आफू जन्मेको घरमा धुमधामका साथ जन्मोत्सव मनाएका थिए । उनको जन्मोत्सवका लागि आठराई गाउँपालिकाले सार्वजनिक विदा समेत दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।

सम्बन्धित समाचारहरु