#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32421731987826749949123934414
नेपाल693014531843750411

राजधानीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं ।
ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा एउटा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने भक्तपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका दुबै जनालाई उपचारका लागि बीएण्डबी अस्पतालमा लगिएकोमा अस्पतालमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता भक्तपुरको च्यामासिंमा ट्रकको ठक्करबहाट घाइते भएका पैदलयात्रीको गएराती मृत्यु भएको छ । बा ३ क ३५८८ नम्बरको ट्रकले ११ वर्षिय बालकलाई ठक्कर दिएको थियो ।

सम्बन्धित समाचारहरु