संसद बैठक सूचना टाँसेर स्थगित

संसद बैठक सूचना टाँसेर स्थगित


प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर  स्थगित भएको छ । शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएकाे हो । 

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो । तर, आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको हाे । 

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

Logo