प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ


नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । मंगलबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

गत असार १७ गते संवैधानिक परिषदको बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सोमबार मात्रै संसदीय सुनुवाइ समितिले सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो । त्यसपछि श्रेष्ठलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । श्रेष्ठ अब २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्। 

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए । 

यस्ताे छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको न्यायपालिका सुधार योजना [पूर्णपाठ]

को हुन् ३१औं प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ ?

Logo