#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32942258996265763198124314012
नेपाल718214671834153013

बज्रवाराहीमा बाथरोग स्वास्थ्य शिविर सम्पन्न

उत्तरी मकवानपुरको थाहानगरस्थित बज्रवाराही स्वास्थ्यचौकीमा निशुल्क बाथरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्यासिफिक साकोस, निष्पक्ष युवा समूह र सुनौलो सामुदायिक सिकाइ केन्द्र बज्रवाराहीको संयुक्त आयोजना तथा नेशनल बाथरोग सेन्टर काठमाण्डौंको सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरबाट एक सय एक जना बाथरोगवाट पिडित विमारीहरु लाभान्वित भएका छन् ।

सहयोगी संस्थाका रोशन कक्षपतीले बाथरोग कसरी हुन्छ र रोग लागेपछि कसरी सावधानी अपनाउने भन्नेवारे आफ्नो धारणा व्यक्त गरेका थिए । साथै आयोजक संस्थाका अध्यक्षहरुले आगामी दिनहरुमा पनि नेशनल बाथरोग सेन्टर काठमाण्डौं र यस क्षेत्रका स्थानीय संघसंंस्थाहरुबीचको सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा प्यासिफिक साकोसका अध्यक्ष राजेन्द्र विडारी, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली र सुनौलो सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीले सहयोगी  संस्था र शिविरका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित समाचारहरु