#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30933621960143746046822513010
नेपाल627974011712945267

चीनमा कोरोना संक्रमित घट्दैदेखि मिस नेपालका लागि आवेदन खुल्लासम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गतवर्ष हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । घटनाको छानविन गर्न गठित समितिले मौसम र व्यवस्थापकीय कारणले घटना हुन पुगेको निश्कर्ष निकालेको छ ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई नेताका लागि संविधान संशोधन गर्न लागिएको समाचार सार्वजनिक भइरहँदा स्थायी कमिटि सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत स्वार्थका लागि संविधान संशोधन गर्न नहुने बताएका छन् ।

यता नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको भवन निमार्ण कार्यमा संलग्न ठेकेदार तथा मजदुरहरुले भुक्तानी नपाएको भन्दै आज धर्ना दिएका छन् ।

यसैगरि चीनमा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आएको र फैलने क्रम घटिरहेको समाचार सार्वजनिक भइरहँदा अन्य मुलुकहरुमा भने फैलँदै गएको छ ।

‘मिस नेपाल २०२०’ आवेदन आजबाट खुलेको छ । यसअघि १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरुले मात्रै मिस नेपाल प्रतियोगितामा आवेदन दिन पाइन्थ्यो तर यो वर्ष २६ वर्ष पुगेकाले पनि आवेदन दिन पाइने भएको छ । थप समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु