महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटः नेपाल र युएईबीचको खेल रद्द

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटः नेपाल र युएईबीचको खेल रद्द


आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो।

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समीकरण रहेको थियो। तर, खेल हुन नसकेपछि दुवै टोलीले १र१ अंक बाडेका हुन्। अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ।

समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन्। आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ। त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ।

३ खेल जितेको हङकङ ६ अङ्कसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहीन भएपछि थाइल्याण्ड ५ अङ्कसहित दोस्रोमा छ। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

Logo