कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ


कञ्चनपुरमा ४७ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो।

हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ। कठायतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Logo