ईसेवा मनि ट्रान्सफरले यस वर्ष पनि सुरु गर्याे काठमाडौंमा घर जित्ने ‘मेरो डिजिटल देश’ अभियान

ईसेवा मनि ट्रान्सफरले यस वर्ष पनि सुरु गर्याे काठमाडौंमा घर जित्ने ‘मेरो डिजिटल देश’ अभियान


डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत यस वर्ष पनि एक जनालाई काठमाडौंमा घर उपहार दिने भएको छ । 

गत वर्ष ईसेवा मनि ट्रान्सफरले मात्र सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तगर्तको ‘वीन योर ड्रीम हाउस’ यस वर्ष ईसेवा मनि ट्रान्सफर र इसेवाले संयुक्त रुपमा सञ्चालन गर्न लागेका हुन् । 

अभियान आगामी असोज १ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिभर विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा एक जनाले बम्पर उपहारस्वरुप काठमाडौंमा घर उपहार पाउनेछन् । साथै हरेक महिना १० जना भाग्यमानी सेवाग्राहीले डब्बल पैसा पाउने छन् । 

विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा एक जनाले बम्पर उपहारस्वरुप काठमाडौंमा घर उपहार पाउनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “मेरो डिजिटल देश अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पु-याउने विश्वास लिएका छौं ।”

ईसेवाका कार्यकारी निर्देशक जगदीश खड्काले इसेवाले देशलाई डिजिटल बनाउने सरकारको अभियानलाई सफल पार्नका लागि सक्दो प्रयास गरेको बताए । साथै उनले अब विदेशबाट रेमिट्यान्स पठाउने मात्र नभई पठाएका रेमिन्ट्यास पनि पठाउने व्यक्ति आफैले सदुपयोग गर्न पाउने नीति लिन लागेको बताए ।

सो अवसरमा ईसेवा मनि ट्रान्सफरकी ब्राण्ड फेस अभिनेत्री स्वतिस्मा खड्का, इसेवाका ब्राण्ड एम्बेसेडर अभिनेता विपिन कार्की लगायतको उपस्थिति थियो भने ईसेवा मनी ट्रान्सफरका ब्राण्ड हिरो अभिनेता दयाहाङ राई र ईसेवा मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल भर्चुअल माध्यमबाट जोडिएर गत वर्षको अभियानको अनुभव सुनाउँदै यस वर्षको लागि शुभकामना व्यक्त गरेका थिए ।

Logo