स्पार्क कारमा किचेनदेखि बाथरुमसम्मको सुविधा [भिडियाेसहित]

स्पार्क कारमा किचेनदेखि बाथरुमसम्मको सुविधा [भिडियाेसहित]


चाडपर्व नजिकिएसँगै आयोजना हुने भएकाले नाडा अटो शोलाई अटो व्यवसायीहरुले विशेष रुपमा लिएका हुन्छन् । नाडा अटो शो अटो व्यवसायीका लागि बजार प्रर्वद्धन गर्ने विशेष उत्सव हो । 

अझ भनौं, कोरोेना माहामारी कारण करिब ३ वर्ष रोकिएको नाडा अटो शो यस वर्ष सञ्चालन भएसँगै अटो व्यवसायीमा थप उत्साह देखिएको छ । यस वर्षको नाडा अटो शोमा केही कम्पनीले नयाँ उत्पादन, केहीले पुरानै उत्पादनलाई परिष्कृत गरेर ल्याएका छन् । यसैगरी केहीले थप आकर्षक सेवा सुविधा ल्याएका छन् । 

कोरोेना माहामारी कारण करिब ३ वर्ष रोकिएको नाडा अटो शो यस वर्ष सञ्चालन भएसँगै अटो व्यवसायीमा थप उत्साह देखिएको छ । 

यसैबीच स्पार्क ग्रुपले स्पार्क कार– २ मा क्याम्प सेवा थप गरेको छ । स्पार्क कार–२ मा किचेन सेट, बाथरुम सेट, लगायतका सेवाहरु रहेका छन् । यो कार नेपालभरी क्याम्पको लागि योग्य रहेको कम्पनीको दावी छ । यो कार नेपालका जुनसुकै स्थानमा भाडामा लगेपनि २० हजार शुल्क लाग्नेछ । साथै आवश्यक परेको खण्डमा चालक पनि कम्पनीले व्यवस्था गरिदिनेछ ।  

भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo