प्रिमियर लिग फुटबलमा फोरेस्टमाथि सिटीको सहज जित

प्रिमियर लिग फुटबलमा फोरेस्टमाथि सिटीको सहज जित


इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई हराएको छ। शनिबार इतिहाद मैदानमा सिटीले फोरेस्टलाई २-० ले हराएको हो । 

दोस्रो हाफ १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र इर्लिङ हालाण्डले गोल गरेका थिए। पहिलो हाफमा गरेको दुई गोल सिटीलाई जित दिलाउन पर्याप्त रह्यो। खेलको सातौं मिनेटमा फोडिनले दिलाएको अग्रतालाई १४ औँ मिनेटमा हालान्डले दोब्बर बनाएका थिए।

खेलको ४६ औँ मिनेटमा रोड्री रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो। जित सहित सिटीले ६ खेलबाट १८ अंक बटुलेको छ । र लिगमा ५ अंकको अग्रता लिएको छ । फोरेस्टको ६ खेलबाट ७ अंक छ ।

Logo