एस्टन भिल्लासँग चेल्सी पराजित

एस्टन भिल्लासँग चेल्सी पराजित


प्रिमियर लिग फुटबलमा चेल्सी घरमै एस्टन भिल्लाको हातबाट पराजित बनेको छ। आइतबार स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १-० ले स्तब्ध बनेको हो। 

५८ औँ मिनेटमा मालो गुस्टो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो।खेलको ७३ औँ मिनेटमा वली वाटकिन्सले गोल गर्दै पाहुना टोलीलाई महत्वपुर्ण जित दिलाए। एस्टनले ६ खेलबाट १२ अंक बनाएको छ। चेल्सीको मात्र ५ अंक छ।

Logo