कुम्भ मेला फर्नेक्सले आर्थिक वृद्धिपन गराउने मन्त्री रिजालकाे दाबी

कुम्भ मेला फर्नेक्सले आर्थिक वृद्धिपन गराउने मन्त्री रिजालकाे दाबी


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले फर्निशिङका उत्पादनको कुम्भ मेलाले घरको आकर्षण बढाउने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित नेपाल फर्निचर तथा फर्निशिङ संघद्धारा आयोजित फर्नेक्स नेपाल २०८० समुद्घाटन समारोहमा मन्त्री रिजालले आकर्षण बढेसँगै यसले आर्थिक वृद्धिपन हुने बताएका हुन् । 

उनले भने, ‘यसले घरलाई आकर्षक बनाएसँगै आर्थिक अवस्थामा पनि वृद्धि हुन्छ । यो भनेको खुसीको कुरा हो । सरकारले आयात घटाउने र निर्यात बढाउने कुरालाई प्राथमिकता दिँदै आएको छ ।’ 

नेपाल फर्निचर तथा फर्निशिङ  संघ (एनएफएफए)को आयोजनामा फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला फर्नेक्स २०२३ सुरु हुने भएको छ । ‘के हामी आत्मनिर्भर छौं’ भन्ने नाराका साथ सुरु भएको, एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किड कोवलने शीर्ष प्रायोजन गरेको छ । 

१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निशिङ  सामग्री, उत्पादक,  वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री वितरण गर्नेछन् । एक्स्पो स्थलमा सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजारसमेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

Logo