बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग

बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग


सांसद शंकर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुद्धिकरण विभागमा व्यवस्था गरिएको बेनामी उजुरी गर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन् ।  

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुद्धिकरण विभागमा परेका बेनामी उजुरीको कारण अराजकता बढेको र उक्त निकायको काममा ढिलाई भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे । 

उनले भने, ‘पछिल्लो समय बेनामी उजुरीको कारणले धेरैजसो विकास निर्माण कार्यमा अवरोध पुगेको र अख्तियारद्वारा समयमै आयोगमा परेका उजुरीहरुको निवारण नभएकोले गर्दा हाम्रो विकास निर्माण कार्य अस्तव्यस्त हुन पुगेको अवस्थालाई मध्यनजर राख्दै नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि अनियमितताको नियन्त्रण तथ्यको आधारमा हुनुपर्छ । जसलाई जे मन लाग्यो त्यसको आधारमा बेनामी उजुरी हाल्दा अराजकता बढाएको र विकासलाई अवरुद्ध गरेको कारणले बेनामी उजुरीको व्यवस्थालाई हटाउनुपर्छ ।’

Logo