३५ बर्षदेखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

३५ बर्षदेखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….


योसी लान्डाउले इजरायलमा लाशहरू सङ्कलन गर्न दशकौं बिताएका छन्।

तर गाजामा प्यालेस्टाइनी अतिबादी समुहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झै लान्डौ शनिबार साइरनको आवाजसँगै ब्युँझिए,यस्तो पलको उनलाई बानी नै परिसकेको छ।

उनले पछि थाहा पाए कि यो साइरन पहिला झै थिएन,यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्। उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमास आतंककारीहरूले गरेको आक्रमण’ थियो। जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए।

गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे। 

‘मैले कारहरू पल्टिएको देखें, सडकमा मानिसहरू मरेको देखें,’ लान्डौले भने। उनका अनुसार दुई देशको सीमा नजिकैको एउटा सहर, जहाँ धेरै बासिन्दा मारिएको पनि उनले देखे। 

उनी अप्राकृतिक मृत्यु भएका व्यक्तिको शव निकाल्ने संस्था जाकाका लागि ३३ वर्षदेखि काम गर्दै आएका छन्। तर, जब प्यालेस्टिनी लडाकु र इजरायली सेनाहरूबीच गोली चल्यो, ल्यान्डोले आफूले पहिले कहिल्यै नदेखेको हिंसा देखेको बताए।

उनले जीवनमा यस्तो भयावह दृश्य कहिल्यै नदेखेको बताए। ‘१५ मिनेट लाग्ने सडक पार गर्न हामीलाई ११ घण्टा लाग्यो किनभने हामीले गएर सबै शव उठायौं, झोलामा राख्यौं,’ उनले भने। दर्जनौं शवलाई फ्रिज राखिएको ट्रकमा लोड गरेर लान्डौ र सह स्वयंसेवकहरू बिरीसम्म लगेको थिए।

घरभित्र पसेपछि पहिलो पटक मृत महिलालाई देखेपछि उनले सम्झिए। ‘म मात्र होइन, मेरो सम्पूर्ण दल नै खसेको महसुस भयो। उनको पेट च्यातिएको थियो, त्यहाँ एउटा बच्चा थियो,अझै पनि नाभीसँग जोडिएको थियो,जसलाई छुरा प्रहार गरिएको थियो,’ ल्यान्डोले भने।

जानका स्वयंसेवकले भने कि उनले लगभग २०  बालबालिकासहित धेरै नागरिकहरू देखेका थिए,जसका हातहरू गोली हान्नु अघि पीठ पछाडि बाँधिएको थियो। उनका अनुसार सबैलाई बाँधेर पछि गोली हानेर मारिएको थियो। 

Logo