#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30364115950770736146622051879
नेपाल595733831624142949

आकाशियो मूल्यवृद्धि

काठमाडौं ।
गतवर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनासम्ममा २.५२ प्रतिशत विन्दुले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्म मूल्यवृद्धि ६.८७ प्रतिशत पूगेको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च भएको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको राष्ट्र बैंकले जनाएको छ ।

माघसम्ममा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यवृद्धि थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार