रामकुमारी झाँक्रीको एनआरएनएलक्षित अभिव्यक्ति चर्चामा, औं‌ला ठड्याउँदै के-के भनेकी थिइन‍् ?

रामकुमारी झाँक्रीको एनआरएनएलक्षित अभिव्यक्ति चर्चामा, औं‌ला ठड्याउँदै के-के भनेकी थिइन‍् ?


नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री गैरआवासीय संघ नेपाल (एनआरएनए)को कार्यक्रममा कडा रूपमा प्रस्तुत भएकी छन् । कार्यक्रममा सहभागीमध्ये केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि नेतृ झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी हुन् । उनले एनआरएनको कार्यक्रममा गरेको सम्बोधनलाई लिएर यतिबेला चौतर्फी चर्चा चलेको छ । 

उनले पोडियमबाट औँला ठड्याउँदै जवाफ फर्काएकी थिइन्। ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’ भन्दै सम्बोधनको सुरुवात गरेकी उनी कार्यक्रममा कडा रुपमा प्रस्तुत भइन् । ‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा ‘यो औँला हालेपछि डुँडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’, उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकताको कुरा हुँदै छ।’ 

'तपाईले भन्नुभो, म कानुनको विज्ञ हुँ, तपाई बेलायतको वारिष्टा हो ? तपाई त्यहाँ वकालत गर्नुहुन्छ ? तपाई त्यहाँको अदालतको प्र्याक्टिस्नर हो ?'

उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन्। ‘पहिला नेपाली विदेश जान केके हर्कत गर्यौं ? त्यो देशको आईएलआर वा गीनकार्ड पाउन केके हर्कत गर्यौं ?’, नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्यौं । अनि तपाईहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’ 

‘म डायस्पोरामा हेरेरै बसेको मान्छे हुँ, एउटा नेपालीले त्यहाँको सिटिजन लिन अथवा त्यहाँको स्थायी बसोबासको लागि कतिसम्म दुःख, कष्ट कतिसम्म काम गरेर बस्नुभाछ मलाई पनि थाहा छ । यहाँ आएर ठूला कुरा गरेको सु्हाएन के साथीहरु । तपाईले भन्नुभो, म कानुनको विज्ञ हुँ, तपाई बेलायतको वारिष्टा हो ? तपाई त्यहाँ वकालत गर्नुहुन्छ ? तपाई त्यहाँको अदालतको प्र्याक्टिस्नर हो ?’ भन्दै प्रश्न गरिन् । उनले प्रश्न गर्न थालेपछि दर्शकदिर्घामा रहेका केहीले फेरि विरोध गर्न थाले। 

‘दर्शक दीर्घाबाट, म नेपाली नागरिक हुँ, तपाईले मेरो अपमान गर्नुभो, भन्ने जवाफमा नेतृ झाँकीले पटक पटक प्रश्न गरिरहिन्, ‘तपाईँ वहाँको प्र्याक्टिस्नर हो ?’ यदि तपाई प्रयाक्टिस्नर हो, भने म पनि लाइसेन्स लिएको अभिवक्ता हुँ, मैले कानुन बनाउने मन्त्रीको हैसियतले कार्यान्वयन गर्ने काम गरेको छुँ भन्दै थप आक्रामक बनिन् । 

उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारसहितको गैरआवासीय नागरिकता दिएको बताइन्। ‘साथीहरु कान खोलेर सुन्नुस्, तपाईहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ। मानवअधिकार विश्वव्यापी हुन्छ। तपाईहरुलाई सिटिजनको अधिकार दिएको होइन। गैरआवासीय नागरिकता दिएको हो।’ यदि कुरा थाहा पाइराख्नुस्, तपाईहरुले आफ्रनो खुसीले नेपाली नागरिकता त्यागेको हो ।’ 

तपाईहरुले खुसीले त्यागेको कुरा, तपाईहरुले केही स्किल्सका काम, आर्थिक समृद्धिका काम यहाँ गर्नुहोला भनेर यो व्यवस्था गरेको हो ।  यो हामलाई थाहा छैन र ? सबै थाहा छ । प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घर–घरमा पुगेको छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । त्यसकारण यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन, तपाईले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभा होला, नेपाली कन्ट्रेक्सको कानुन, व्यवस्थापन, मानवशास्त्रमा डिग्री हामीसँग पनि छ । 

साथीहरु कान खोलेर सुन्नुस्, तपाईहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ। मानवअधिकार विश्वव्यापी हुन्छ। तपाईहरुलाई सिटिजनको अधिकार दिएको होइन।

कानूनमा हामीसँग अन्तराष्ट्रियस्तरको डिग्री छ, तपाईहरुले हामीलाई यिनीहरुलाई कानून बनाउन आउँदैन भन्दै प्रश्न गर्न मिल्छ ? भन्दै आक्रोश पोखिन् । ‘टिट फर ट्याट हुन्छ, मित्र, तर बेलायतमा प्रयाक्टिस् गर्नुभाको छैन । हामी नेपालमा प्रयाक्टिस् गरेका छौँ, यो हो कुरा, त्यसकारण यस्तो कुरा चाहिँ गर्नुहुदैन। म कान खोलेर सुन्न भन्छु, तपाईहरुलाई दिएको , आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार हो, भोटिङ राईटको , पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन् । तपाईहरु खुसीले नागरिकता त्यागेर गएकाहरुलाई , आउन इन्भाइट गरेको हो, यसमा हाम्रोपनि स्वार्थ छ, तपाईहरुको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो ।’ यसकारण यहाँ भएको कुरामा स्वीकार छैन् । जहिल्यै पनि धमिलो पानीमा माछा मार्ने ? नेपालको राजनितिको बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने ? नकारात्मक धारणा दिने ? यहीँ हो तपाईहरुको काम ?’ तपाई विदेशमा बस्नुहुन्छ, त्यहीँ देशको बारेमा लेख्नुस् ।

उनले बिहान उठेर चिप्रा पुछ्न पाएको छैन, नेपालको राजनीतिबारे लेख्ने भन्दै नेपालको चिन्ता गर्न नेपालमै रहेकाहरू सक्षम रहेको भन्दै आक्रोशित भइन् । उनले भनिन् ‘विदेशमा बसेर किन चिन्ता गर्नुपर्यो, यहीँ देशका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचेका, संजोगले बाँचेका हामी जिउँदै छौँ । यो देशको चिन्ता हामीले गछौँ । अनि तपाईहरुले यस्ता कुरा गरेको सुहाँउदैन । डिग्रीको धाक दिनुपनि पदैन, नेपालमा नेपाली भाषा चाहिन्छ, हामी धेरै मान्छेले लिएका छौँ। त्यसकारण राम्रोसँग सकिएको कुरालाई कागजको खोस्टो, यो के हो? यो केही होइन भन्न मिल्छ ? सभ्यता के सिक्नु भयो ?उनले ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो भन्दै प्रश्न समेत गरिन् । उनले भनिन्, ‘बिहान बिफोर कुखुरी काँ, तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसियन, सिस्टममा गरेको केमन्टले के बनाउदैँ हुनुहुन्छ ? अर्काे पुस्तालाई आंतककारी ? त्यसैले तपाईहरु अर्काे पुस्तालाई आंतकारी बनाउने बाटोतर्फ नजानुस् ।’

बेलायतमा आइएलआर बनाउन १० वर्षबाट किन २० वर्ष भयो त्यहाँ गएर भन्न सक्नुहुन्छ भन्दै उनले नेपाली नागरिकता त्यागिसकेकाहरूको हैसियत विदेशीको जेहो नेपालमा पनि त्यही हुने भन्दै नेपाली नागरिकको हकमा संविधानले संरक्षण गर्ने तर गैर आवासीय नेपालीको हकमा मानवअधिकार र आर्थिक अधिकारको मात्र संरक्षण हुने बताइन्।

त्यसपछि केही सहभागीहरुले आफू पढ्न विदेश गएको र आफूसँग अहिले पनि नेपाली राहदानी नै भएको भन्दै उठेर विरोध गर्न थाले । केही सहभागीहरुले दलालहरुले गर्दा यस्तो भएको भन्दै आक्रोशित भएका थिए। हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै उनले एनआरएनएहरुलाई राजनीतिक अधिकार रहितको गैरआवासीय नागरिकता दिएको र लिन नचाहनेले नलिए हुन्छ भनिन्।

उनले आफ्नो विपक्षमा नारा लागेसँगै दुईचार जनाले नारा लगाउँदैमा आफूलाई केही नहुने बताइन् । उनले आक्रोशित हुँदै भनिन्- ‘तपाईहरुले कार्यक्रममा तरकी देखाउनु भाको हो, यो पनि थाहा छ, यस्तो हल्ला हजारौं मान्छे डुलाएर आएकै मान्छे हो, हामी दुईजनाले नारा लगाएर के हुन्छ भन्या ?के हुन्छ यहाँ ? त्यसकारण मैले यती कुरा भने ।’ उनले नेपाली नागरिकता र पासपोर्ट नत्यागेको हो भने चुनावमा प्रतिस्पर्धा गर्न आए हुन्छ भन्दै नागरिकता ऐन पास भएकोमा स्वागत गर्नुपर्नेमा विरोध गरेकोमा आपत्ति जनाउँदै उनले लिन नचाहनेले नलिए हुन्छ भन्दै सम्बोधन सक्काइन् । 

Logo