#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30693497956423740244422334630
नेपाल615933901738343820

ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति मिलाउन आह्वान

काठमाडौं ।

नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप सहजता ल्याउने कार्यमा लाग्न अनुरोध गरेको हो ।

संघका अध्यक्ष गोपालचन्द्र राईद्वारा जारी विज्ञप्तिमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थ जस्तो आमजनतासँग दैनिक रुपमा सरोकार राख्ने वस्तुको सहज र सरल आपूर्तिको व्यवस्था मिलाउनका लागि सबै निगमका कर्मचारीहरु एक जुट भई कार्य गर्नुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘महामारीको यस प्रकोपमा नेपाली नागरिकलाई ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा संकट हुन नदिनको लागि हामी हाम्रो जिम्मेवारी र कर्तव्यप्रति निष्ठ रहदै आएका छौँ ।’–रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार