देव खनालको शतकमा नेपालले यूएईलाई दियो २८१ रनको विशाल लक्ष्य

देव खनालको शतकमा नेपालले यूएईलाई दियो २८१ रनको विशाल लक्ष्य


यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । नेपालको सुरुवात भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

उनले ९० बलमा शतक रन पुरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए ।उत्तमले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

यूएईका हरित शेट्टीले ५ विकेट लिए । 

Logo