#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32246238984177747823523783826
नेपाल693014531843750411

बलात्कार अभियोगमा वडासदस्य प्रहरी हिरासतमा

बाजुरा ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।

३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।रासस

सम्बन्धित समाचारहरु