इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु

इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु


इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो । सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको  सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् । 

त्यसैगरी कम्तिमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ। -सिन्ह्वा

Logo