कार्तिक १४ गतेदेखि भृकुटीमण्डपमा फ्लोरा एक्स्पो हुने

कार्तिक १४ गतेदेखि भृकुटीमण्डपमा फ्लोरा एक्स्पो हुने


यही कार्तिक १४ गतेदेखि काठमाडौंमा फ्लोरा एक्स्पो हुने भएको छ । नर्सरी व्यवसायी संघ, नेपालले कार्तिक १४ गतेदेखी १८ गतेसम्म ५ दिने तिहार फ्लोरा एक्स्पो २०८० गर्न लागेको हो । 

भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा फूल तथा बत्तिको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागितामा एक्पो गर्न लागिएको संघले जनाएको छ । 

यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । मेलामा ६० वटा व्यवसायीक स्टल रहनुको साथै मलखाद, अर्गानिक एवं रसायनिक विषाधी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने आयोजकले जनाएको छ । 

मेलाको आकर्षणको रुपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतीको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मुल्याइन गराई नगद पुरस्कार प्रदान गरिने बताइएको छ । 
व्यवसायमा क्रियाशिल व्यवसायीहरुमध्येबाट १ जनालाई सम्मान पत्रद्वारा सम्मान गरिने छ । नर्सरी क्षेत्रमा आयातीत वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सबै व्यवसायीहरुमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम गरिनेछ । 

यस मेलामा कम्तीमा ३० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न चाहाने सर्वसाधारणको लागि प्रतिव्यक्ति १ सय र विद्यार्थीहरुका लागि प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

Logo