#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व109520858795808242228171
नेपाल6051

लकडाउनको आज दोस्रो दिन

काठमाडौं ।
सरकारले जारी गरेको लकडाउनको आज दोस्रो दिन हो । मंगलबबार विहानदेखि देशभर लकडाउन गरिएको छ । पहिलो दिन हिजो काठमाडौं सुनसान रह्यो तर विभिन्न जिल्लाहरुमा उल्लंघनका घटनाहरु भए । आज पनि लकडाउन कायम रहेकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोरोनाको सङ्क्रमण थप नबढोस् भन्नाका लागि हिजो बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

यद्यपी बजार खुल्ने समयको निर्धारण नहुँदा सर्वसाधारणहरु त्रासमा छन् । सरकारले आजदेखि केहि समयका लागि सामानहरु खरिदका लागि बजार खुलाउने भने जनाउ दिएको छ ।

विश्वव्यापी चुनौतीको विषय रहेको कोरोना नियन्त्रणका लागि सरकारको अभियानलाई साथ दिनु पर्ने विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार