#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1082946851939742613226048749
नेपाल140463093604656

कोरोना राहत: यी सीईओ जसले आफ्नो तलब घटाएर कर्मचारीको तलब बढाए

कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिएसँगै विश्वव्यापीरूपमा आर्थिक मन्दी शुरू भएको छ। एक सय ९२ देशमा कोरोनाको संक्रमण फैलिएसँगै धेरै मुलुकले लकडाउन गरेका छन् ।

नेपालमा पनि आज लकडाउनको तेश्रो दिन । अत्यावश्यकबाहेकका उधोग कलकारखाना तथा  कार्यालयहरू बन्द छन्। यसबेला कतिपय कार्यालयले आफ्ना कर्मचारीलाई बेतलबी बिदा दिएका छन् भने कतिपयले तलबी बिदा दिएका छन्। संकटकालमा काम गर्ने कर्मचारीलाई आकर्षक अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ।

तर, अमेरिकाको एक कम्पनीका मालिकले भने यसको विपरित घोषणा गरेर चर्चा कमाइरहेका छन् । यसरी चर्चा पाउने व्यक्ति हुन् सिएटल कम्पनीका सिईओ डेन प्राइस ।

उनले आफ्ना कर्मचारीहरुलाई धेरै उच्च आधारभूत तलब दिनको लागि आफ्नै तलब कटौती गरेका छन् । सोमबार बिहान सिएटलको औद्योगिक क्षेत्रको एक कार्यलयमा भएको सम्मेलनमा डेनले यो घोषणा गरेका हुन्। आफ्ना १ सय ५० जना कामदारहरुलाई धेरै तलब दिनको लागि उनले आफ्नो तलबबाट १.११ मिलियन रकम घटाएका हुन् ।

डेन प्राइस सम्भवत विश्वमै यस्तो काम गर्ने सर्वश्रेष्ठ मालिक हुन् । सामान्य जीवन बिताउन चाहने उनी राजनीतिक विचारधाराद्वारा संचालित नभई आफ्नै तरिकामा हिड्न मन पराउँछन्।

सम्बन्धित समाचारहरु

ताजा समाचार