कुशल भुर्तेल बेस्ट ब्याटर

कुशल भुर्तेल बेस्ट ब्याटर


नेपालका कुशल भुर्तेल आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बेस्ट ब्याटर घोषित भएका छन् । 

उपाधि ओमानले जिते पनि प्रतियोगितामा सर्वाधिक रन बनाउने भुर्तेल बेस्ट ब्याटर बनेका हुन् । अन्तिम चरणको छनोट प्रतियोगिताको पाँच खेलमा कुशल भुर्तेलले कुल एक सय ८५ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा ओमानका कश्यप प्रजापती रहे । उनले कुल एक सय ६५ रन बनाए ।

त्यस्तै, ११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । सुपर ओभरमा उनको उत्कृष्ट प्रदर्शनमा ओमानले आइतबार नेपाललाई हराएर उपाधि जितेको थियो । 

Logo