तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित


तिहारको  मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन्। दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री वितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका हुन्। 

आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शूल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरु बिक्री वितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो? भनेर उनीहरु प्रश्न गर्न थालेका छन्।

तिहारलगायतका बेलामा त्यसको बिकल्प नभएको सम्बन्धित ब्यवसायीहरुको दुखेसो छ। अतः राज्यस्तरबाट आम ब्यवसायीप्रति समान ब्यवहार होस् भनी यस ब्यवसायसँग सम्बन्धित सबै ब्यवसायीको तर्फबाट सरकारसँग हार्दिक अनुरोध गरेका छन्। 

‘फूल आफैंमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हुने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला,' एक जना साना व्यापारी पुजन ट्रेड्सका प्रोपाइटर प्रकाश खड्काले भने,'वर्तमान समयमा त यसको प्रयोग विश्वभरका अन्तराष्ट्रिय बिमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला सहर बजारहरु यस्ता फूलहरुबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको छ। यो कुरा जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ।’ 
 
प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता फूलहरु विश्वका सबै देशहरुमा निर्वाध रुपमा बिक्री वितरण भइरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम फूलहरु प्राकृतिक फूल भन्दा सयौ गुणा सस्तो पर्ने अर्का साना व्यापारी केदार श्रेष्ठले बताए। यस्ता कृत्रिम फूलहरु नेपालको होटल,रेष्टुरेन्ट,पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता फूलहरुले सजावट गरेको सर्वबिदित भएको उनको भनाई छ। 

नेपालमा पनि देशभर हजारौं ब्यवसायीहरुले यस्ता फूलहरु ब्यवसाय गरी आफ्नै देशमा रोजगारको श्रृजना गरेको बताइन्छ। देशको नीति नियमभित्र रही आयत गर्न ब्यावसायीहरुले राज्यको नीति अनुसार राजश्व र ब्यवसायीहरुले राज्यलाई कर तिरेकै अवस्थामा यस्तो निर्णय हुनु दुखःद् भएको अर्का व्यापारी धिरन शाहले बताए।

राज्यलाई कही कतैबाट पनि अहित नहुने र विश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता फूलहरुलाई नेपालमा भने अपव्याख्या गरी यस्ता वस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको भनि उनको प्रश्न छ। नेपाल सरकारसँग सम्वन्धित सरोकारवालाहरुले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी भएको उनको माग छ । 

विश्वको कूनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयतित सामानहरु आफ्नो मुलु्कको लागि अहित हुने देखेमा त्यस्ता वस्तुको आयात तथा बिक्रीमा सम्बन्धित ब्यवसायीहरुलाई एउटा समय सिमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ, अर्का व्यापारी देभिद श्रेष्ठले भने, तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एल.सि.टि.टि. को माध्यमबाट आयत भई राज्यलाई भंसार महसुल तिरी ल्याएको सामानहरु पूर्ण रुपमा बिक्री वितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी वस्तुसँग        सम्बन्धित  ब्यवसायको माग रहेको उनी बताउँछन्। 

सामान्य रुपमा प्लाष्टिको प्रयोग विश्वको जुनसुकै मूलुकमा पनि हुन्छ। मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लाष्टिक चम्चा होस्, बच्चाहरुलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकांश वस्तुहरुमा प्लाष्टिको प्रयोग हुन्छ नै। यस्ता वस्तुहरु हाम्रो देशमा पनि निर्वाध रुपमा आयत भएकै छ्न्।

फूल पनि त्यस्तो एउटा वस्तु हो, जुन कपडाबाट बनेको हुन्छ र त्यसलाई विभिन्न रुपमा आकार प्रकार दिन अन्य साहायक पर्दाथको प्रयोग गरिन्छ । तर नेपाल सरकारको केही विभाग तथा मन्त्रालयले वास्तविक कपडाले बनेको फूललाई छाँयामा पारी त्यसलाई आकार प्रकार दिनको लागि प्रयोग हुने केही सामान्य पदार्थलाई चाहि बास्तविक वस्तु हो भनि अत्यन्त लज्जास्पद अपव्यख्या गरेको उनीहरुको आरोप छ।

त्यस्ता वस्तुको ब्यवसाय बन्द गर्दा एकातिर राज्यलाई आउने राजश्व प्रभावित भएकै छ भने अर्काेतिर यस्ता ब्यवसायी रोजगारको लागि विदेश पलायनको स्थितिमा पुर्याइदिएको उनीहरुको भनाई छ।

राज्य र ब्यवसायी दुबैको लागि अहित हुने र राज्यस्तरबाट यस्ता ब्यवसायप्रति कारवाही हुने भनि कार्तिक २ मा गृहमन्त्रालयको सहसचिवको सयोजकत्वमा गरेको बैठकको सूचना राज्यस्तरबाट नभई कसैको दवाबमा भएको उनीहरुको ठहर छ। 

चाडपर्वको मुखमा हुने अनुगमनको नाममा बजार आतंक गरी जरिवाना गर्ने, फलोरिकल्चर ब्यवसायसँग सम्वन्धित सबै ब्यवसायीहरुको मोबाइलमा सरकारी अनुगमन कहाँ र कहिले हुँदैछ भन्ने फलोरिकल्चर एसोसिएसन नेपालले आफ्ना ब्यवसायीहरुलाई म्यसेज गरी सर्तक गराउनु यो एउटा संयोग हो या त्यस्ता ब्यवसायी र विभागको अप्रबृत्र गठबन्धन हो ? उनीहरुको सामूहिक भावना छ, यसमा छानबिन हुन आवश्यक भएको महसुस गरेको छौँ। 

Logo