अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान


सीजी होल्डिङ्सअन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।

अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको संस्थाले जनाएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई हस्तान्तरण गरेको हाे । स्वस्फूर्त एवं सक्रिय प्रयासको रुपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छापूर्वक १ दिनको तलब उपलब्ध गराई राहत प्याकेजमा योगदान दिएका छन्। 

कठिन समयमा सामूहिक प्रयासको महत्त्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरिएको संस्थाले जनाएको छ । आफूहरुले प्रदान गरेको राहतबाट भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाको विश्वास छ।

Logo