#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626748837396130459562847571
नेपाल157281344220

फोन गर्नुहोस् , खाद्यान्न र तरकारी घरमै आउँछ !

नेपालगञ्ज ,
नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यान्न तथा तरकारी सेवा शुरुआत गरेको छ ।

कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो सेवा आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उनका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ ।

सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसूचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने र आम नागरिकले घरमा बसेर कोरोना भाइरस विरुद्ध सहयोग गर्नुपर्ने शर्त रहेको उपप्रमुख थापामगरले बताइन् ।

उपमहानगरपालिकाले सेवा लिन सेवाप्रदायक संस्थाको सम्पर्क नम्बर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

होटलमा क्वारेन्टाइन
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित अस्थायी निगरानी कक्ष क्वारेन्टाइनमा रहेका १० जनालाई सुविधा सम्पन्न होटलमा सारिएको छ । उपमहानगरपालिकाले सो क्याम्पसको हाताभित्र सञ्चालन गरेको अस्थायी क्वारेन्टाइन अव्यवस्थित भएपछि होटल सामर्थ्य ईनमा सारिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार होटलमा हरेकलाई छुट्टाछुट्टै कोठामा राखिने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का सम्भावित जोखिममा रहेकालाई सुरक्षित रुपमा निगरानी गर्न क्वारेन्टाइन सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्ने भएकाले तत्काललाई होटलमा सारिएको जनाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा १ महिलासहित २८ जनालाई राखिएको छ । त्यहाँ रहनेलाई खाना तथा इन्टरनेट व्यवस्थासहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार