सरकारले विकास निर्माणमा भन्दा गुन्डाराजलाई प्रोत्साहन गरेकाे अध्यक्ष ओलीको आरोप [भिडियाेसहित]

सरकारले विकास निर्माणमा भन्दा गुन्डाराजलाई प्रोत्साहन गरेकाे अध्यक्ष ओलीको आरोप [भिडियाेसहित]


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । 

शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन् । 

‘यस सरकारलाई विकासतर्फ रुची नै छैन । गुन्डाहरुलाई प्रोत्साहन गर्छ । अपराधीहरुलाई छुट्कारा गर्छ । जिल्ला अदालतले जन्मकैद गर्छ । तर सरकार भन्छ थुन्नैहुन्न । ज्यान मारिएको मुद्दा दिन जाँदा सरकार लिँदैन ।’ उनले भने, ‘सरकार आफै पनि लज्जित भएर, प्रहरीको गतिबिधि देखेर लज्जित हुनुपर्ने देखेर प्रहरी अधिकृत सार्नुपर्ने अवस्था आउँछ । प्रहरी कार्यालय र सरकारी कार्यलयबाट मुद्दा बिगारेर अदालत लगिन्छ । अराजकता मच्चाउन पाउने, न्याय माग्न नपाउने ।’

अर्को प्रसंगमा अध्यक्ष ओलीले सरकारले जाजरकोट भूकम्प पीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोपसमेत लगाए । 

‘जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गएका होलान भन्ने सोचेको थिएँ जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री । माओवादीको सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टरमा गए । अर्को दिन गृह मन्त्री गए । गृह मन्त्री गए भनेको उ पनि माओवादीको उपाध्यक्ष गए । राष्ट्रपति गए त्यो पनि त्यस्तै ।’ उनले भने ‘किन गए ? राष्ट्रपति किन गएको ?त्यो भन्दा अगाडि आईसकेको नेताहरुको भिडले नेताको चाकडीमा सेना प्रहरी खट्नुपर्दा उद्दार कार्य गर्न पाईएन भनेर । अनि माओवादी गए भनेर त्यहाँ कांग्रेस किन जानुपर्यो‍ ? राष्ट्रपति ज्यु ? उहाँ राष्ट्रपति भएर होईन कांग्रेस छुट्यो भनेर जानुभयो।’ 

त्यस्तै उनले सरकार संविधान सिध्याउने खेलमा लागेको आरोपसमेत लगाए । ‘एकवर्ष पुग्नुभन्दा पहिले नै उहाँले आफ्ना क्रियाकलापहरु देखाईसक्नु भयो । अलोकतान्त्रिक पक्षपातपूर्ण ।’ उनले भने ‘उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै संविधान अनुसार सरकारदेखि राष्ट्रपति प्रधानमन्त्री र राज्यका निकायहरु चल्नुपर्ने तर संविधान सिध्याउने तिर मात्रै उहाँहरुको ध्यान गएको छ।’

भिडियाे- https://fb.watch/oonKpdJYqj/

Logo