इंग्लिस प्रिमियर लिगमा आज राति ७ खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज राति ७ खेल हुँदै


इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुँदैछन् । पहिलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने हुने छन् । 

जारी सिजनमा सिटी शीर्ष र लिभरपुल दोस्रो स्थानमा छन् । आज सिटीले जित निकाल्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने लक्ष्यमा रहँदा लिभरपुल पनि सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुने छ । सिटीकै मैदानमा खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने छ ।

यसैगरी राति पौने ९ बजे बर्नले र वेस्टह्याम युनाइटेड आमने सामने हुने छन् । जारी सिजनमा वेस्टह्याम १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ भने बर्नले ४ अंकका साथ पुछारमा रहेको छ । आज दुवै टिमले जित निकाल्दै तालिकाको वरियता सुधार गर्ने लक्ष्यमा हुने छन् । बराबरीले भने दुवै टिमलाई घाटा लाग्ने छ ।

पौने ९ बजे नै लुटन र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र चेल्सी आमने सामने हुँदा सोही समयमा नटिङघम फरेस्ट र ब्राइटन पनि भिड्ने छन् । यसैगरी पौने ९ बजेकै खेलमा सेफिल्ड युनाइटेड र बर्नमाउथले प्रतिस्र्पा गर्ने छन् । राति सवा ११ बजे भने ब्रेन्टफोर्ड र आर्सनल आमने सामने हुने छन् ।

Logo