#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व604938036723030089092673241
नेपाल121261000206

कोरोना परीक्षण व्यापक बनाउन सरकारसँग कांग्रेसको माग

फाइल फोटो

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नोवेल कोरोना भाइरसको संक्रमण परीक्षणलाई व्यापक बनाउन सरकारसँग माग गरेको छ । शनिबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा सो माग गरिएको हो । विज्ञप्तिमा लेखिएको छ–‘कैलालीमा एक जना महिलामा देखिएको नोवेल कोरोना भाइरसको संक्रमणको विषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको व्यापकता बनाउन नेपाली कांग्रेस सरकारसँग अनुरोध गर्दछ ।’

त्यस्तै विज्ञप्तिमा यस अघि देखिएका संक्रमण विदेशबाट आउनेले लिएर आएपनि अहिले देखिएको संक्रमण देशभित्रै उत्पन्न भएकाले भाइरस संक्रमण गम्भीर चरणमा प्रवेश गरेको उल्लेख गरिएको छ । सरकारले भाइरस संक्रमण रोकथाममा उच्च सतर्कता अपनाउन नसक्दा ती महिला संक्रमित हुन पुगेको कांग्रेसको आरोप छ । समयमा नै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राखेको भए संक्रमण रोकथाममा मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कांग्रेसले संक्रमित देखिएका व्यक्तिका परिवार तथा घुलमिल भएका सम्पूर्णलाई तत्काल नै परीक्षणको व्यवस्था गर्न समेत माग गरेको छ । विज्ञप्तिमा विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा बस्न नमान्नेलाई कडा कारबाही गर्न समेत आग्रह गरिएको छ । त्यस्तै कांग्रेसले एकै दिनमा तीन जना संक्रमित देखिनु सरकारको ढिलासुस्ती र अकमर्णताको उपज भएकोे आरोप लगाएको छ ।

 

 

 

सम्बन्धित समाचारहरु