अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड सम्पन्न


अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले शनिबार राइड आयोजना गरेको हो ।

अप्रिलियाको टेकु सोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो । 

राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले जानकारी गराए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनले बताए । 

राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडरहरुले बताए । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको राइडमा सहभागी राइडरहरुले बताए ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको थियाे । अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया ब्राण्डलाई थप परिचित गराउन पनि राइडको आयोजना गरिएको कम्पनीकाे विश्वास छ ।

Logo