डिभिको नतिजा एक महिनापछि मात्रै

डिभिको नतिजा एक महिनापछि मात्रै


काठमाडौं ।
अमेरिकाले सधैं जस्तो सार्वजनिक गर्दै आएको डिभीको नतिजा यसवर्ष समयमै नआउने भएको छ ।

विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसवर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको छ । सन् २०२१ का लागि गतवर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो ।

कोरोनाको महामारीबाट उत्पन्न समस्याले डिभी लोटरीको नतिजा स्थगित गर्नु परेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

Logo