कोरोनाका कारण मृत्यु भएको भनिएकी महिला जीवित भएपछि…!

कोरोनाका कारण मृत्यु भएको भनिएकी महिला जीवित भएपछि…!


इक्वेडर।

विश्वभर कोरोना भाइरस फैलिरहेको बेलामा दक्षिण अमेरिकी देश इक्वेडरमा भने अनौठो घटना घटेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनिएकी एक महिला जीवित भएपछि शोक मनाइरहेका परिवार अचम्ममा परेका छन् ।

केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको परिवारलाई अस्पतालले उनको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमण फैलिन सक्ने जनाउदै अस्पतालले नै उनको अन्तिम संस्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । अल्बाको मृत्युको खबर पाएको उनको परिवार शोकमा डुबेको थियो । उनका परिवारले अल्बाको अन्तिम संस्कारको बाँकी विधि समेत पूरा गरेका थिए ।

अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् । तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले जानकारी पायो । तीन हप्तासम्म कोमामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भइसकेकी भनिएकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन ।

पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ । नेपाल समाचारपत्रबाट

Logo