उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

केन्द्रबिन्दु
42
Shares

इलाम । वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।
मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

विहीबार स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका छन्। क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ।
मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन्।

छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ। यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै उपनिर्वाचन हुने दिन वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय भइसकेको छ। मतदान हुनेदिन बिहान ५ देखि साँझ ६ बजेसम्म मेची राजमार्गसहितको यातायात बन्द गर्ने सर्वपक्षीय/सर्वदलीय निर्णय भएको हो।

मतदानको दिन विहान ५:०० बजे देखि साँझ ६:०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्गलगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागन बन्द हुनेछन्। झापा¸ मोरङ¸ पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको छ।

Logo