अब कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुने

अब कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुने


काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको हो । सो सम्बन्धी रिट आज खारेज भएको हो ।

नयाँ प्रारूप अनुसार पाठ्यक्रम बनाएर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो । लामो समयदेखि रिटमा निर्णय नहुँदा लाखौं विद्यार्थी र अभिभावक अन्यौलमा परेका थिए । अहिले कक्षा १ र ११ मा देशभर राष्ट्रिय प्रारूप अनुसार नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ ।

यस अघि विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको अधिकार रहेको दाबी भन्दै भगवता अर्यालसमेतको निवेदनमा सर्वोच्चमा रिट दायर भएको थियो ।

त्यसपछि कक्षा ११ मा अधिकांश विद्यालयले नयाँ पाठ्यक्रम अनुसार पढाइ संचालन गरे पनि केही विद्यालयले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिएका थिए ।

दायर भएको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अब नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

Logo