ईश्वर पोखरेलले चैत २८ र २९ गते काठमाडौँबाट उपत्यकाबाट सर्वसाधारणलाई बाहिर जान दिने कुनै निर्णय नभएको बताएका छन् । "/>

“साथीहरूले प्रस्ताव ल्याएका हुन्, निर्णय भएको छैन”- ईश्वर पोखरेल

“साथीहरूले प्रस्ताव ल्याएका हुन्, निर्णय भएको छैन”- ईश्वर पोखरेल


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चैत २८ र २९ गते काठमाडौँबाट उपत्यकाबाट सर्वसाधारणलाई बाहिर जान दिने कुनै निर्णय नभएको बताएका छन् ।

रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका पोखरेलले यस विषयमा प्रस्ताव आएको तर कुनै निर्णय नभएको बताएका हुन्। उनले आज उच्चस्तरीय समन्वय समितिको बैठक नै नभएको र कुनै कार्यसूची समेत नभएको समेत स्पष्ट पारे। 

विज्ञप्ति 

‘भोली र पर्सी (२८–२९ चैत्र,२०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ ।

यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन)लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

-ईश्वर पोखरेल
-संयोजक
‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

Logo