पूर्वडिआईजी रमेश खरेलले राजनीतिक अभियान घोषणा गर्दै (भिडियोसहित)

पूर्वडिआईजी रमेश खरेलले राजनीतिक अभियान घोषणा गर्दै (भिडियोसहित)


काठमाडौं ।

भ्रष्टाचारविरुद्ध खरोरुपमा उत्रिने गरेका पूर्वडिआईजी रमेश खरेलले राजनीतिक यात्रा थाल्ने भएका छन् । खरेलले विहीबार ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्न लागेका हुन् ।

घोषणासँगै अभियान सुशासन र भ्रष्टाचारविरोधी राजनीतिक पार्टी बन्ने दावी गरिएको छ । खरेलको राजनीतिक अभियानमा रोजगारीको सृजना, स्वास्थ्य र निःशुल्क शिक्षा, राजनीतिक सुद्धिकरण, राष्ट्रियताको संरक्षण र विदेशमा रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता अधिकारको लागि अभियान सक्रिय बनाउने बताएका छन् ।

अभियानमा रक्षा मन्त्रालयका पूर्वकायम मुकायम सचिव देवेन्द्र सिटौला, डाक्टर नयारण घिमिरे, डाक्टर नन्द काफ्लेलगायत रहने बताइएको छ । पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापक लगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । यस अभियनमा ज्ञानेन्द्र शाहीसहित अन्य सामाजिक अभियन्ताहरू पनि जोडिने बुझिएको छ ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले डीआईजी पदबाटै राजीनामा दिएका थिए । खरेलले प्रहरी संगठनका साथसाथै सर्वसाधारणमा लोकप्रियता कमाएका थिए ।

Logo