सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा

सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबसँग पराजित भएको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

सोमबार भएको खेलमा च्यासलसँग २—१ गोल अन्तरले पराजित हुँदै सरस्वती एक खेल अगावै घटुवामा परेको हो । च्यासलको जितमा दुबै गोल विदेशी खेलाडीहरुले गरे । उसका लागि ताइगा नाकामुरा र हायतो वाकिनोले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । सरस्वतीले लिगको अन्तिम खेल संकटा क्लबसँग खेल्नेछ ।

यसअघि सोमबार बिहान भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ टीमले फ्रेण्ड्स क्लबलाई ५—२ गोल अन्तरले पराजित गरेको छ । सशस्त्रको जितमा आशिगा लामा र प्रविन स्याङतेनले २—२ तथा टोप बहादुर विष्टले एक गोल गरे । फ्रेण्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल फर्काए । १२ खेल खेलेको एपीएफको यो दोस्रो जित हो । यसको १२ खेलबाट ८ अंक भएको छ ।

Logo