नेपाल र अमेरिकाको खेल चल्दै, नेपाललाई पहिलो झड्का

नेपाल र अमेरिकाको खेल चल्दै, नेपाललाई पहिलो झड्का


काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय क्रिकेटमा अहिले नेपाल र अमेरिकावीच प्रतिश्पर्धा भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपालका सुवास खकुरेल आउट भएका छन् । सुवास चौथो ओभरमा तीन रन बनाएर आउट भएका हुन् ।

पहिलो खेल ओमानसँग हारेको नेपालले आज आफ्नो दोस्रो खेल अमेरिकाविरुद्ध खेल्दैछ ।

अमेरिकाविरुद्धको खेलमा नेपालले आज दुई जना खेलाडी परिवर्तन गरेको थियो । जसमा सुवास खकुरेल र कुशल मल्ल रहेका छन् । शरद भेषावकरले चोट लागेका कारण नखेल्ने भएपछि सुवासलाई ल्याइएको थियो ।

Logo